७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा नयाँ चिनियाँ राजदूत, सम्बन्धमा के फरक पर्छ ?



अ+ अ-


हाउ याङ्छी नेपालका लागि नयाँ चिनियाँ राजदूतका रुपमा गत शनिबार नेपाल आएकी छिन् । उनले गएको आइतबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाइन र सोही दिन नै बालुवाटारस्थित आफ्नो कार्यालयमा काम थालेकी हुन् । उनले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमणपत्र प्रस्तुत गरेकी छिन् । सोमबार काठमाडौंमा अरु देशका राजदूतहरुसँगै उनले पनि राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएकि हुन् । नेपालको राजनीतिक र कुटनीतिक बृत्तमा यतिबेला राजदूत याङ्छीको विज्ञता, नेपालसँगको उनको सम्बन्धका अतिरिक्त उनको सुन्दरताको पनि चर्चा गर्न थालिएको छ ।


नेपालस्थित चिनियाँ दूतावासको वेवसाइटमा राजदूत हाउको सुन्दर तस्वीर राखिएको छ र उनको पहिलो सन्देश (म्यासेज) पनि पोष्ट गरिएको छ । त्यस पोष्टमा उनले चामोलोङमा (सगरमाथा), बुद्ध, मञ्जुश्री र काठमाडौंको सांस्कृतिक विरासतको चर्चा गर्दै नेपाललाई ‘दयालु’ मानिसहरूको देशका रुपमा चित्रण गरेको देखिन्छ । यो उनले नेपाल आएर आफ्नो कार्यभार सम्हालेको सन्देशका रुपमा पनि लिन सकिन्छ ।


नेपाल र चीनबीच सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयताको यी दुई देशको सम्बन्ध यतिबेला भने विशेष रुपमा अघि बढेको छ तथा विशेया मोडमा आएर उभिएको छ । किनभने तीन वर्षअघि नेपालमाथि भारतले नाकाबन्दी लगाउँदा उत्तरी छिमेकी मुलुक चीनको साथ र ढाडस पाएको अनुभव नेपाली नागरिकको मानसपटलमा ताजै छ । हुनत आजका दिनसम्म त्यतिबेलाको चीनसँगको सहयोग र साथले हाम्रो दक्षिणी नाकाको विकल्पको काम गर्न सकेको होइन, तर पनि देशलाई अप्ठेरो परेका बेलामा एक छिमेकीले जेजस्तो शब्द र व्यवहार दिनु या देखाउनुपर्ने हो त्यसमा चीनले कुनै कमी आउन दिएको थिएन । त्यसैले पनि नेपाली नागरिकको भावना उत्तरी छिमेकीसँग बडो सहृदयताका साथ जोडिन पुगेको हो ।


यो भावना र सहृदयतालाई अबका दिनमा भौतिक रुपमा जोड्नुछ जुन आजसम्म कागजीरुपमा मात्र जोडिन लागेको छ । त्यही नाकाबन्दीकै समयमा नेपाल र चीनबीच पारवाहनलगायतका विभिन्न सम्झौताहरु भएका थिए । ती सम्झौतामा नेपाल चीन व्यापारिक खुल्लापन र नेपालसम्म चिनियाँ रेल ल्याउनेसम्मका प्रतिबद्धताहरु उल्लेख छन् । अब तिनलाई भौतिकरु रुपमै कार्यान्वयनमा ल्याउनु जरुरी छ । त्यसका लागि यी दुई देशबीचको छ दशकभन्दा पुरानो सम्बन्धमा थप गति दिनु जरुरी छ । यस सम्बन्धमा अहिले आएर नयाँ आयाम थप्नु जरुरी छ । त्यसैले पनि वर्तमान राजदूत याङ्छी यस्तो समयमा नेपाल अएकि छिन् जसको सक्रियताले दुई देशको सम्बन्धमा निकै प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ भनिएको हो । यी दुई देशले आपसी विश्वास र बडो मेहनतका साथ काम गर्नु किन जरुरी छ भने यी दुई देशले छ दशकपछि गर्न आँटेको यति महत्वपूर्ण कार्यको बीचमा निकश्ै ठूलो हिमाल छ, जुन पर्खाललाई एक प्रतिकात्मक रुपमा पनि लिन सकिन्छ । किनभने दुई देशबीच सहज र विश्वासिलो रुपमा काम गर्न तगारो धेरै छ, कठिन छ ।


राजदूत याङ्छीले कुटनीतिमा सी चिनफिङ विचारद्वारा निर्देशित भएर कामगर्ने र ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) जस्ता विशाल र विश्वव्यापी पहललाई संयुक्त रुपमा विकास गर्दै दुवै देशले कनेक्टिभिटि, व्यापार र लगानी, उर्जा, कृषि, संस्कृति र पर्यटनको क्षेत्रमा सहयोग बढाउदै लैजानुपर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । जसमा नेपालले चीनसँगको प्रतिबद्धता व्यक्त गरिसकेको छ, नेपालले चीनको यो वृहत महत्वाकांक्षी परियोजनामा हस्ताक्षर पनि गरिसकेको छ । नेपालको दक्षिणी छिमेकीले नगरेको मात्र होइन कि यो परियोजनाको विरोध नै गरिरहेको भए पनि नेपालले त्यसमा सहमति र हस्ताक्षर नै गर्नुलाई चीनले पनि कूटनीतिक रुपमा बुझ्नुपर्छ कि कतिपय कूटनीतिक विषयहरु नभनीकन पनि बुझ्नुपर्ने हुन्छ, बुझ्न सक्नुपर्ने हुन्छ । यी र यस्ता अनेक सम्वेदनशिलता र उतार चढावहरुकै माझमा चिनियाँ राजदूत याङ्छीको नेपाल बसाई दुवै देशको हितमा बडो प्रभावकारी हुन सकोस् भन्ने कामना गर्न सकिन्छ ।

राजदूत यु होङ फर्केपछि नेपाल आएकी हाउ बेइजिङमा रहँदा चीनको परराष्ट्र मन्त्रालयको एशिया विभागकी उपनिर्देशक थिइन् । जसको प्रमुख भूमिका एशियाली राष्ट्रका बेइजिङस्थित राजदूतहरूसँग फरक फरक विषयमा वार्ता गर्नु हुन्छ । त्यस हिसाबले हेर्दा उनलाई एसियाको विज्ञका रुपमा पनि लिन सकिन्छ । उनी सन् २०१५ देखि नै परराष्ट्र मन्त्रालयमा त्यो जिम्मेवारीमा थिइन । त्यस समयमा नेपालमा भारतीय नाकाबन्दी थियो र चीनबाट पेट्रोल ल्याउन पहल शुरु भएको थियो । त्यतिबेला नेपाली दूतावास पनि शुरुमा उनीसँगै ठोक्किनुपर्दथ्यो, जुन स्वाभाविकै थियो । उनले नेपालसँग पेट्रोलियम पदार्थको कारोबार गर्न चीन तयार रहेका र तत्कालका लागि अनुदानमै केही अनुपातमा पेट्रोल दिन सकिने भनेर नेपालमा इन्धनको अभावमा ब्याकुल रहेका नेपाली नागरिकका घाउमा थोरै मात्र भए पनि मल्हम लगाउने काम गरेका थिइन् । यो धेरै थिएन, तर कूटनीतिक रुपमा भन्दा यसलाई मायाको चिनोको रुपमा भने लिन सकिन्थ्यो । यसरी नेपालप्रति सद्भाव राख्ने राजदूत यतिखेर नेपालमा रहेका बेला उनीबाट हुनसक्ने सहयोग र समन्वयबाट नेपाल सरकार सक्रिय बन्न पनि सक्नुपर्छ । यो हाम्रा लागि फाइदा नै हो ।


अर्कातर्फ चीनका राष्ट्रपति सि चिनफिङबाट नेपालको भ्रमण हुने चर्चा पनि हामीबीच भइरहेको छ । यस्तो बेलामा हाउजस्तो राजदूत पाउनु नेपाल र चीन दुबैका लागि अवसर पनि हो भन्न सकिन्छ । यससँगै चीनजस्तो राष्ट्रको समृद्धिबाट नेपाल पनि लाभान्वित हुन सक्नुपर्छ । त्यसका लागि नेपाल पनि ‘प्रो एक्टिभ’ हुनु जरुरी छ ।