५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थि उत्पादन गर्ने शिक्षक नै फेल, ४० नम्बर पनि ल्याउन सकेनन्



अ+ अ-

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्। आन्तरिक प्रतिस्पर्धाको परीक्षा एिका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्।
उनीहरुले पास हुन चाहने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् भन्ने खबर कान्तिपुर दैनिकमा छ। शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो।
कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन्।

आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ। आयोगले ९ प्रकारका विज्ञापन गरेकोमा कुनैमा माग भन्दा बढीले लिखित परीक्षा पास गरेका छन्।
आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए। ती मध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन्।