२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उधारोमा सुत्केरी



अ+ अ-

प्यूठान । जिल्लाको झिमरुक गाउँपालिका–१ धनगाडा सौता मारेफेदीकी विपना घर्तीमगरले स्वास्थ्यचौकी पुगेर चार पटक नियमित गर्भ जाँच गराइन्।
गाउँका महिला स्वास्थ्य स्वय्रसेविकाले कम्तिमा चारपटक गर्भजाँच गराउनु पर्छ भनेपछि उनी गाउँकै स्वास्थ्यचौकी पुगेकी हुन् भन्ने खबर अन्नपूर्णपोष्ट दैनिकमा छ।
२१ वर्षीया उनले गत कात्तिकमा बांगेमरोठ स्वास्थ्यचौकी पुगेर पहिलो सन्तान छोरा जन्माइन्। स्वास्थ्य संस्थामा सुत्केरी भएपछि यायातात खर्च त पाइनन् नै गर्भजाँच गराउँदा उत्प्रेरणाबापतको पैसा पनि पाइनन्। ‘पछि दिन्छौं भन्नु भएको छ’ उनले भनिन् ‘माघ ३ गते खोप लगाउन जाँने हो। त्यसै दिन दिनु हुन्छ कि?’
विपना जस्तै झिमरुक गाँउपालिकाका धेरैजसो सुत्केरीले यायायात र गर्भजाँच बापतको रकम पाएका छैनन्। गत आर्थिक वर्षसम्म गाँउगाँउमा सञ्चालित बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाले रकम बुझ्दै आएका थिए।