५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याउको बीउ उत्पादन गर्दै सहकारी



अ+ अ-

नारायणपुर । बगर खेतीमा सफलता पाएपछि दाङको लमहीस्थित उद्यमशील बहुउद्देश्यीय सहकारीले च्याउको बीउ उत्पादन थालेको छ ।

व्यवस्थापक विश्वराज अधिकारीका अनुसार सहकारीकै लगानीमा उपकरण खरिद गरी च्याउको बीउ उत्पादन थालिएको हो । “वार्षिक २५ हजार पोका बीउ उत्पादन गरिरहेका छौँ,” उहाँले भन्नुभयो । “ क्षमताअनुसारको बीउ उत्पादन गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । सहकारीले उत्पादन गरेको बीउ दाङसहित बाँके, बर्दिया, प्यूठान, बुटवललगायत जिल्लामा बिक्री भइरहेको छ ।

च्याउको बीउका लागि बजारको समस्या नरहेको सहकारीका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो । सहकारीले च्याउखेतीमा ९६ किसानलाई समेटेर च्याउखेती कार्यक्रम सञ्चालन गरिरहेको छ । “बीउ बिक्रीबाट वार्षिक रु छ लाखसम्म आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो । सहकारीले च्याउखेती गर्न किसानलाई निःशुल्क प्राविधिक सहयोग र बीउ उपलब्ध गराउँदै आएको छ ।