५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्काउटको प्रमुखमा भण्डारी



अ+ अ-

काठमाडौँ । सरकारले उच्च माध्यमिक विद्यालय सङ्घ हिसानका महासचिव लोकबहादुर भण्डारीको संयोजकत्वमा नेपाल स्काउटको तदर्थ समिति गठन गरेको छ ।
स्काउट ६ महिनादेखि नेतृत्व विहीन थियो । युवा तथा खेलकुद मन्त्रालयले भण्डारीको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

भण्डारी यस अघि स्काउटको सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । तदर्थ समितिमा कास्कीका शिवबहादुर भण्डारी, भक्तपुरका बिजेन्द्र ध्वजु, सर्लाहीका इन्द्रभुषण अधिकारी र धनुषाकी सीमा कर्ण छन् ।

समितिका पदाधिकारीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । तदर्थ समितिलाई ६ महिनाभित्र ऐन संशोधन गरी निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । स्काउटको ऐन संशोधन नभएका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन । कान्तीपुर दैनिकमा खबर छ ।