५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्गलाई स्वदेश फर्काउन मलेसियाबाट चार लाख



अ+ अ-

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे रु चार लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो ।

मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन गरेको रकम मञ्चको अनुरोधबमोजिम परिवारलाई उपलब्ध गराइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीको स–सानो रकम जम्मा गरी सहयोगका लागि पठाएकोप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

गाउँपालिका–२ का वडाध्यक्ष मादेम्बाको अगुवाइमा सङ्कलन भएको रु ६४ हजार १०० पनि परिवारलाई हस्तान्तरण गरिएको छ । दुवै गरी कूल रु चार लाख ६४ हजार १६० खड्गका आमालाई घरैमा पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष मादेम्बाले बताउनुभयो ।

विसं २०७० मा युएई गएका खड्गसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । खड्गलाई अदालतले पाँच वर्ष कैद र दुई लाख दिराम जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । खड्ग अहिले युएईको आबुधावीको अलवात्बा जेलमा रहेको पारिवारिक स्रोतले जनाएको छ । खड्गलाई नेपाल फर्काउन दुई लाख दिराम अर्थात् नेपाली रु ६२ लाख जुटाउन देश विदेशमा अभियान चलेको थियो । अहिलेसम्म आवश्यक रकम जम्मा भइसकेको खड्गबहादुर जोगी बचाउ अभियानका अध्यक्ष दुर्गा गिरीले बताउनुभयो ।