२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार संघमा करोडौंको आर्थिक हिनामिना भएको पूर्व अध्यक्ष श्रेष्ठको आरोप



अ+ अ-

काठमाडौं । सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् ।


शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्ष भएपश्चात् २०६६-०६७ देखि नै आर्थिक हिनामिना सुरु हुन थालेको स्पष्ट पारे ।


उक्त संस्थामा बास्तविक सदस्यहरु को–को हुन भन्ने अभिलेखसमेत नभएको, हिसाबकिताबको अभिलेख नभएको, संस्थाको विधानअनुसार भारतीय नागरिक सदस्य हुन नपाउने उल्लेख हुँदाहुँदै सञ्चालक समितिमा विभिन्न मुख्य पदमा भारतीय नागरिकहरु रही समिति चलाईरहेको अवस्था रहेको पनि उनले सुनाए ।


उक्त संस्थाको संस्थापक भएको नाताले आफूले क्षमता र अनुभवको आधारमा समयानुकुल आवश्यक सल्ला र सुझाव पनि दिएको श्रेष्ठले सुनाए । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मैले यो संस्थालाई सुधारी संस्था दर्ता ऐन २०३४ र संघको विधान २०४९–०५० अनुसार आर्थिक क्रियाकलाप पारदर्शी राखि एउटा उत्कृष्ट नेपालकै नमूना संस्थको रुपमा विकसित गर्ने उद्देश्यले आफ्नो सोझो तरिकाले प्रयास गरेको थिएँ।’


आफूले पटक–पटक प्रयास गर्दापनि सफल नभएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमै २०७३ भदौ १३ गते उक्त संस्थाविरुद्ध उजुरी गरेको पनि श्रेष्ठले जनाए ।
उनले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘मैले प्रमुख जिल्ला अधिकारीसमक्ष मलाई कुनै पदमा बसि काम गर्ने ईच्छा नभएको भनि लिखित घोषणा समेत गरेको छु ।

उक्त उजुरीमाथि विभिन्न मितिमा उक्त संस्थासँग स्पष्टीकरण माग गरि सत्य, तथ्य बुझि अन्तमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका चार सदस्यीय छानबिन कमिटी मिति २०७४ माघ ०३ मा गठन भई उक्त छानबिन कमिटीले २०७५ बैशाख ३१ गते तत्कालिन प्रमुख जिल्ला अधिकारीज्यू समक्ष पेश गरिएको प्रतिवेदनमा उक्त संस्थाका संचालक समितिलाई दोषी ठहर गरि थप छानबिनको सिफारिश गरेको थियो ।’


उनले छानबिन समितिको प्रतिवेदन आई नसकेको, संस्थाको हिसाबकिताबबारे सदस्यहरुलाई जानकारी नगराएको, मनोमानी आफ्नो समर्थकहरु मात्र छानिछानि १४४ सदस्य रहेको संस्थामा ९० जनाको मात्र मतदाता नामावली प्रकाशित गरेको र उम्मेदवारी दर्ता गर्ने मिति र समय नै पारदर्शी नभएको भन्दै आपत्ति जनाएका छन् ।


जारी विज्ञप्तीमा भनिएको छ,‘निलम्बनमा परेका पदाधिकारीहरु सम्बन्धमा फैसला भई नसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट खटिनु भएका ना.सु. श्री अशोक कुमार पोखरेलले यही २०७५ पुस २८ गते शनिबार विहान १० बजे काठमाडौं, रञ्जना भवननजिकै रहेको मारवाडी सेवा समितिको पाँचौ तल्लामा रहेको हलमा साधारण सभा गर्ने निर्णय भएकोमा हाम्रो आपत्ति छ।’