८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले गर्यो एक करोड २० लाख स्वाह, नेताहरु असन्तुष्टि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुले सदस्यहरुलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ। पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
नयाँ पत्रिका दैनिकका अनुसार सात शीर्ष नेताहरुले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए। कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरुलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो। बेलुकाको खानाको व्यवस्था आफैं गर्नुपर्ने भनिएको थियो। तर, नेताहरुले व्यवस्था गरेपछि सदस्यहरुलाई सजिलो भएको छ।
केही नेताहरुले पार्टीमा प्रभाव र शक्ति देखाउन व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिष्कार समेत गरे। झन्डै एक हजार ६०० सहभागी बैठक मंसिर २८मा सुरु भई पुस ६ मा सकिएको थियो।