१४ भाद्र २०८३, आईतवार
,
Latest
चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिनौ देखि नेपाली डाक्टर तलबविहीन



अ+ अ-

काठमाडौं । भारतका सरकारी संस्थानमा चिकित्साशास्त्रमा एमडी/एमएस, डीएम/एमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले सेप्टेम्बेरदेखि पाउनुपर्ने स्टाइपेन्ड (मासिक तलबभत्ता) पाएका छैनन्।
स्टाइपेन्ड नपाउँदा करिब १५६ जना नेपाली चिकित्सक बिचल्लीमा परेका छन्। लामो कानुनी लडाइँपछि भारतको केन्द्र सरकारले विदेशी विद्यार्थीलाई भारतीय सरह स्टाइपेन्ड दिने निर्णय गरेको थियो।
भारतमा चिकित्साशास्त्र उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेमा अधिकांश नेपाली विद्यार्थी हुने गरेको समाचार कान्तिपुर दैनिकमा छ।
उनीहरुले प्रतिमहिना पाउनुपर्ने करिब ८० हजारदेखि एक लाखसम्म भारु नपाएको बताएका छन्। अविलम्ब स्टाइपेन्ड रकम सुचारु गरिदिन नेपाल र भारतका स्वास्थ्य र विदेशमन्त्रीसँग् आग्रहसमेत गरेका छन्।