६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिनौ देखि नेपाली डाक्टर तलबविहीन



अ+ अ-

काठमाडौं । भारतका सरकारी संस्थानमा चिकित्साशास्त्रमा एमडी/एमएस, डीएम/एमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले सेप्टेम्बेरदेखि पाउनुपर्ने स्टाइपेन्ड (मासिक तलबभत्ता) पाएका छैनन्।
स्टाइपेन्ड नपाउँदा करिब १५६ जना नेपाली चिकित्सक बिचल्लीमा परेका छन्। लामो कानुनी लडाइँपछि भारतको केन्द्र सरकारले विदेशी विद्यार्थीलाई भारतीय सरह स्टाइपेन्ड दिने निर्णय गरेको थियो।
भारतमा चिकित्साशास्त्र उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेमा अधिकांश नेपाली विद्यार्थी हुने गरेको समाचार कान्तिपुर दैनिकमा छ।
उनीहरुले प्रतिमहिना पाउनुपर्ने करिब ८० हजारदेखि एक लाखसम्म भारु नपाएको बताएका छन्। अविलम्ब स्टाइपेन्ड रकम सुचारु गरिदिन नेपाल र भारतका स्वास्थ्य र विदेशमन्त्रीसँग् आग्रहसमेत गरेका छन्।