८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताका कारण सक्किदै भातृसंगठन, समितिले पूर्णता पाउन सकेन



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरु लथालिंग बन्न पुगेका छन् । माउ पार्टी कांग्रेस शीर्ष नेताहरुले गुटगत स्वार्थले नेपाल विद्यार्थी संघको पटकपटक म्याद थप गर्दासमेत महाधिवेशन अनिश्चित बनेको छ भने नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरुले अर्को महाधिवेशन गर्ने समय आउन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कांग्रेस भातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा प्रर्दशन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्व सरकार अभिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, वाइडबडी, निर्मला पन्त हत्यालगायत गैरकानुनी र अलोकतान्त्रिक रबैया बढ्दै गएको जनाउँदै तरुण दलले प्रदेश राजधानीमा विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।