५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा चिकित्सा शिक्षा विधेयक, सहमति नगरे काँग्रेसले अवरोध गर्ने



अ+ अ-

काठमाडौं।  लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरी संसदीय समितिले आइतबार संसद्मा प्रतिवेदनसहितको विधेयक पेस गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने आफूसँग छलफल र सहमति नगरी संसद्बाट पारित गर्न खोजे बैठक अवरोध गर्ने जनाएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसद्को शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेस भएको हो । समिति सभापति जयपुरी घर्तीले पेस गरेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै काग्रेस सांसदहरुले आफूहरुसँग छलफल नै नगरी गोविन्द केसीको मागलाई बेवास्था गरिएको बताएका छन् । संसद्को गत १३ भदौको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । समितिले ११ असोजमा विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेस गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेस गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी २३ पुसमा समितिलाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि सो प्रतिवेदनलाई २५ पुसमा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतले पारित गरेको थियो । समितिबाट पारित भएको विधेयक सरकारले आफूसँग गरेको सहमतिविपरीत भएको भन्दै सोही दिनदेखि डा. केसी इलाममा अनशनरत छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गराउन सरकारलाई आग्रह गरेका छन् । राजधानी दैनिकमा यो समाचार छ ।