५ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारमा ओली र देउवाको सेटिङ छ : भट्टराई



अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले वाइड बडी विमान खरिद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको मिलेमहत्तो रहेको आरोप लगाएका छन् ।

उनले हावा नचलिकन पात नहल्लिने भन्दै सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरू नै संलग्न रहेको उनले आरोप लगाएका हुन् ।भट्टराईले प्रधानमन्त्री ओली र देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको र उक्त प्रकरण ढाकछोप गरेर नछोप्पिने उल्लेख गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ।

वाइड बडी विमान खरिदमा करिब ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो।