१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकाको वडा कार्यालय भवन शिलान्यास



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । पुरानो भवन २०७२ सालको भूकम्पका कारण जीर्ण बनपछि नयाँ भवन निर्माण थालिएको हो ।

आज लैनचौरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो भवन शिलान्यास गर्नुभयो । उहाँले महानगरपालिकाले केन्द्रीय कार्यालयदेखि ३२ वटै वडामा नमूना भवन निर्माण गर्न लागिएको बताउनुभयो । “महानगरपालिकाले सबै वडा कार्यालयलाई व्यवस्थित गर्न लागेको छ”, शाक्यले भन्नुभयो । महानगरपालिकालाई सफा गर्न पाँच बु्रमर खरीद गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य जीवन डँगोलले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वय भए मात्र मुलुकको विकास हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले समृद्ध नेपालका लागि महानगर समृद्ध तथा महानगर समृद्धका लागि वडा समृद्ध हुनुपर्ने बताउनुभयो ।

रु चार करोड ५० लाखमा आठ आना जग्गामा निर्माण गर्न लागिएको सो वडा कार्यालय भवन साढे तीन तले हुने वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिनुभयो । एक वर्षभित्र निर्माण गरिने सो भवन निर्माणको जिम्मा गौरीपार्वती र केएनकेजी जेभीलाई दिइएको छ ।