२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday
Latest
‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’ अन्तरराष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि महिलाको विकास सरकारको उच्च प्राथमिकतामा लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक मधानी महोत्सव : ६६ लाख खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार देश बचाउन र भ्रष्ट नेतालाई ठेगान लगाउन जनता सडकमा आउनुको विकल्प छैन् : प्रभु साह चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा ‘नो केबुलकार’ आन्दोलन लिम्बूहरुको मात्रै होइन, सम्पूर्ण उत्पीडितहरुको: अन्सारी सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी निकासी पैठारी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ कांग्रेस सभापतिमा फेरि निर्वाचन हुने



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन क्रममा मोरङमा भएको जिल्ला अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन सकेकाले पुनः निर्वाचन हुने पार्टी कार्यालयले जनाएको छ । 

मोरङ कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ । सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दिलीप गच्छदारले एक हजार १५९ र यदु विष्टले ५६३ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानअनुसार सभापतिले बहुमत प्राप्त गर्न बदर मत बाहेक खसेको मतको कम्तीमा ५१ प्रतिशत ल्याउनुपर्छ । तर, आइतबार भएको निर्वाचनमा मोरङका कुनै पनि उमेद्वारको बहुमत आएन ।
    
तेस्रो स्थान प्राप्त गर्नुभएका सभापतिका उम्मेदवार विष्ट प्रतिस्पर्धाबाट बाहिरिने तथा लिम्बू र गच्छदारबीच प्रतिस्पधा हुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनका विषयमा छलफल भइरहेको छ टुङ्गो लागेको छैन । आइतबार कांग्रेस पदाधिकारी चयन गर्न भएको मतदानमा जम्मा तीन हजार ४१२ मत खसेको थियो ।