५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकताको सन्देश देशैभरि पुगोस् – सभापति देउवा



अ+ अ-

वालिङ – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताउनुभएको छ । 

स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “लोकतन्त्र, विकास र समृद्धिका लागि काङ्ग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पु¥याउनुपर्छ ।” 
सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको उदाहरण नमूनायोग्य भएको चर्चा गर्दै पुनः सोही खालको सङ्गठन देशैभर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

“नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा स्व अधिकारीले सक्रिय भूमिका खेल्नुभएको थियो,” उहाँले भन्नुभयो, “अधिकारीको निधनले एक कुशल सङ्गठनकर्ता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति भएको छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी कुरा गरेको बताउँदै दुई तिहाइको वर्तमान सरकार विकृति र अनियमिततातर्फ उन्मुख हुँदै गएको आरोप लगाउनुभयो । 

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको उहाँले बताउनुभयो । 


काङ्ग्रेस महासमिति सदस्य, जिल्ला कार्य समितिका सचिव तथा प्रजातन्त्र प्राप्तिपछिको पहिलो जिविस सभापति भएर राजनीतिमा सक्रिय रहनुभएका अधिकारीको गत पुस १० गते निधन भएको थियो । 
(रासस)
–––