६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएका पत्रकार ढकालको सम्झनामा जिल्लाभर कार्यक्रम



अ+ अ-

हेटौँडा । गत पुस २५ गते हत्या गरिएका पत्रकार मनोहर ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा उहाँको स्मृतिमा आज मकवानपुरका विभिन्न स्थानमा शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरू सम्पन्न भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरको आयोजनामा हेटौँडामा भएको श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले ढकालको व्यक्तित्वको चर्चा गर्दै उहाँ नेपाली रेडियो क्षेत्रको सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

उहाँले दक्षिण एशियाको पहिलो अडियो टावरको सञ्चालनदेखि चेतनामूलक डोके रेडियो सञ्चालनमा समेत योगदान दिनुभएका ढकाल सफा मन र सोचको व्यक्तित्वको धनी भएको उहाँले उल्लेख गर्नुभयो ।

महासङ्घ प्रदेश ३ का महासचिव कृष्ण सारुले मिलनसार तथा सकारात्मक सोचका धनी ढकालको हत्या भएको प्रति गहिरो दुःख व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरी हुमागार्इंले दुव्र्यसनमा लागेका व्यक्तिहरूलाई असल नियतले सम्झाउँदा ढकालको ज्याननै लिने हत्यारालाई हदैसम्मको सजाय दिन सम्बन्धितसँग आग्रह गर्नुभयो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमाया विष्टलगायतले शोक वक्तव्यमार्फत स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

त्यस्तै आज नै उत्तरी मकवानपुरको थाहानगरका विभिन्न स्थानमा पनि शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । हेटौँडा– १२ मा रहेको बुद्ध माध्यामिक विद्यालयले पनि श्रद्धाञ्जलि सभाको आयोजना गरी स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।