१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरिएका पत्रकार ढकालको सम्झनामा जिल्लाभर कार्यक्रम



अ+ अ-

हेटौँडा । गत पुस २५ गते हत्या गरिएका पत्रकार मनोहर ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा उहाँको स्मृतिमा आज मकवानपुरका विभिन्न स्थानमा शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरू सम्पन्न भएका छन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरको आयोजनामा हेटौँडामा भएको श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले ढकालको व्यक्तित्वको चर्चा गर्दै उहाँ नेपाली रेडियो क्षेत्रको सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

उहाँले दक्षिण एशियाको पहिलो अडियो टावरको सञ्चालनदेखि चेतनामूलक डोके रेडियो सञ्चालनमा समेत योगदान दिनुभएका ढकाल सफा मन र सोचको व्यक्तित्वको धनी भएको उहाँले उल्लेख गर्नुभयो ।

महासङ्घ प्रदेश ३ का महासचिव कृष्ण सारुले मिलनसार तथा सकारात्मक सोचका धनी ढकालको हत्या भएको प्रति गहिरो दुःख व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरी हुमागार्इंले दुव्र्यसनमा लागेका व्यक्तिहरूलाई असल नियतले सम्झाउँदा ढकालको ज्याननै लिने हत्यारालाई हदैसम्मको सजाय दिन सम्बन्धितसँग आग्रह गर्नुभयो ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमाया विष्टलगायतले शोक वक्तव्यमार्फत स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

त्यस्तै आज नै उत्तरी मकवानपुरको थाहानगरका विभिन्न स्थानमा पनि शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । हेटौँडा– १२ मा रहेको बुद्ध माध्यामिक विद्यालयले पनि श्रद्धाञ्जलि सभाको आयोजना गरी स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।