१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । सरकारले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई सरकारी अस्पताल मातहत नराख्ने निर्णय गरेपछि आक्रोशित नेताहरुले बैठक अबरुद्ध गरेका हुन् ।

राष्ट्रियसभाको आइतबारको बैठक राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउनेवित्तिकै कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन सञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो । उनिहरुले सरकारी निर्णय तत्काल खारेज गरेर सरकारको माताहतमा ल्याउन पहल नगरेसम्म बैठक चल्न नदिनै भन्दै नाराबाजि समेत गरेका थिए ।

कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गरे सदनको ध्यानाकर्षण गराएपछि बैठक अगाडि ब९्न नसकेको हो । नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभईन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताइन् ।
उनले भनन्, “यो सरकारले खोजेको के हो ? प्रतिपक्ष सडकमा जाओस् , निहुँ खोजोस् भन्ने चाहेको हो भने ?”

तर वर्तमान सरकारका स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले ती दुई अस्पतालको खारेज गर्ने कुरा अहिले नै निस्चित नभएको सुचना दिदाादिदै पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे ।

राष्ट्रियसभा तिमिल्सिनाले आसन ग्रहणका लागि पटक पटक कांग्रेसका नेताहरुलाई बसिदिन आग्रह पछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक आधा घण्टाको लागि स्थगित गरिएको हो ।