६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयरमा दोहोरो अंकको गिरावट



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १० दशमलव ८६ अंकको गिरावट आएको हो ।

यस अघि आइतबार ८ अंक भन्दा बढीले सेयर बजार ओरालो लागेको थियो । सेयर बजार १० दशमलव ८६ अंकले गिरावट आउँदा नेप्से परिसूचक १ हजार १ सय ६८ दशमलव ६ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ । दिनभर भएका ११ हजार ९ सय ७५ कारोबारबाट १ सय ६६ कम्पनीका १२ लाख ६५ हजार ७ सय ८६ कित्ता सेयर कारोबार भएका छन् ।

जसअनुसार कारोबार रकम ३६ करोड ७७ लाख ६ हजार ६ सय ३८ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकमका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत आयोजना पहिलो नम्बरमा देखिएको छ । आइतबार अपर तामाकोशीको मात्रै १० करोड ९१ लाख १८ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।