२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने



अ+ अ-

काठमाडौँः नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै बैंकको अधिकृतस्तरको कर्मचारीसमेत आफ्नो पदबाट हटेको वा अवकाश पाएको मितिले दुई वर्षसम्म कुनै पनि वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ ।

यस्तै बैंकले ‘घ’ वर्गका वित्तीय संस्थालाई समेत केन्द्रीय बैंकले सोहीअनुसार गर्नु गराउनसमेत आग्रह गरेको छ । तर तोकिएको समयावधि पूरा भएपछि कुनै पनि वाणिज्य बैंक तथा वित्तीय संस्थामा कुनै पनि हैसियतमा काम गर्न पनि केन्द्रीय बैंकको स्वीकृति लिनुपर्नेछ ।

तोकिएको समयावधि पूरा भएपछि राष्ट्र बैंकबाट अवकाश पाएका र पदबाट हटेका डेपुटी गभर्नर, पूर्वकार्यकारी निर्देशक वा पूर्वअधिकृतस्तरका कर्मचारीलाई बैंक तथा वित्तीय संस्थामा नियुक्ति गर्दा यस बैंकको पूर्वस्वीकृति लिए वा नलिएको यकिन गरेर मात्र नियुक्ति गर्ने व्यवस्था गर्न परिपत्र गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।