१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको शैयाबाट डा.केसीको अपिल – विधेयक माफियामुखी होइन जनतामुखी बनाउनुहोस्



अ+ अ-

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउन माग गरेका छन् । उनले हालको शिक्षा विधेयक जनतामुखी र विद्यार्थीमुखी नभएको गुनासो गरेका हुन् ।

उनले विधेयक राजनितिक मुखी र केपी ओलीमुखी भएका कारण मेडिकल माफियाहरुलाई फाईदा पुग्ने खनलको भएको जिकिर गरेका छन् उनले विधेयक पास गर्दा जनतामुखी र विद्याथीमुखी बनाएरमात्रै संसदमा पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

मंगलबार संसदको बैठक बस्ने निर्णय गरेसँगै शिक्षण अस्पतालको शैयाबाट भिडियो सन्देश दिदै डा.केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन सरकारसँग आग्रह गरेका छन् । उनले आफूसँग सरकारले गरेको सहमति अनुसार र जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर ऐन पारित गर्न सांसदहरुलाई अपील गरेका छन् ।

संसदको बैठक मंगलबार ३ बजे बस्दैछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ ।