२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार काङ्ग्रेसले थालनी गरेको आयोजनाको उद्घाटन गर्नमै व्यस्त छ : नेता पौडेल



अ+ अ-

पाल्पा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन् ।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाए । उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताए । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उनको आरोप थियो ।

उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गरे। नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको बताउनुभयो । उनले भने, “शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न सरकारको ध्यान पुग्न सकेको छैन,”।