१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी जहाजमा आगलागी, १४ जनाको मृत्यु



अ+ अ-

कीभ । क्रिमियाको तटीय क्षेत्रमा ग्याँस ट्याँकर बोकेको पानी जहाजमा आगलागी हुँदा चौध जनाको मृत्यु हुनुका साथै पाँच जना हराइरहेका छन् । तान्जानियाको झण्डा रहेको उक्त ग्यास ट्याँकरयुक्त पानी जहाज कृष्ण सागर (ब्लाक सी) मा दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।

रुसको सङ्घीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शब समुद्रबाट निकालिएको बताए । उनले उद्धारकर्मीहरुले अरु तीन जनाको शब देखेका तर तिनीहरु पानीमा डुबेको जानकारी पनि दिए ।

क्यान्डी र मेइस्ट्रो नामका दुईवटा पानी जहाजमा चालक दलका सदस्यहरु भारत र टर्कीका नागरिकहरु रहेको बताइएको छ ।

क्यान्डीमा १७ जना चालक दलका सदस्यहरु थिए भने मेइस्ट्रोमा १४ जना सवार थिए । क्राभचेन्कोले १२ जनालाई जीवितै उद्धार गरिएको जानकारी दिए । बेपत्ता रहेका अरु पाँच जनाका बारेमा थाहा हुन सकेको छैन ।

एउटा जहाजबाट अर्को जहाजमा तेल भर्ने क्रममा अचानक आगो लागेको थियो । जहाजमा आगलागी शुरु हुनासाथ चालक दलका सदस्यहरु पानीमा हामफालेका थिए । क्राभचेन्कोले खोज तथा उद्धार कार्य जारी रहेको बताए ।

उक्त दुर्घटना कृष्ण सागरको कर्च स्ट्रेट नजिक भएको थियो । गत वर्षदेखि उक्त स्थान रुस र युक्रेनको विवादको केन्द्रमा रहेको छ । गत वर्ष नोभेम्बरमा रुसले कर्च स्ट्रेटमा तीनवटा युक्रेनी नौसैनिक जहाज सैनिक हस्तक्षेप गरी जबर्जस्ती नियन्त्रणमा लिएको थियो ।