६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसद्धारा लगातार संसद अबरुद्ध



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अबरुद्ध गरेको छ । कांग्रेसले नेकपा सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाउदै संसद अबरुद्ध गरेको हो ।

पटकपटक आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिएपनि सरकारले आफु खुशि काम गरेको भन्दै बिरोध जनाएका हुन् ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।

प्रकाशमान सिंहले बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए । मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई रोक्न खोजे पनि कांग्रेसका सांसदहरुले मानेका थिएनन् ।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गर्दा पनि नमानेपछि संसदको कारबाही अघि बढ्न नसकेको हो ।

संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।