२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुमार्गीको रकम फर्काउन राष्ट्र बैंकको आलटाल



अ+ अ-

काठमाडौँ — व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फिर्त्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले आलटाल गरेको छ । सर्वोच्चले आदेश दिएको दुई साता बितिसके पनि राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएका तीन बैंकहरूलाई पत्राचार गरेको छ। रकम भने ती बैंकबाट पनि अन्तै सारिइसकेको आशंका राष्ट्र बैंककै अधिकारीहरूको छ। यसबारे बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन्।
राष्ट्र बैंकले ‘सुमार्गीको खाता नरोक्नू’ भन्ने सर्वोच्च अदालतको अघिल्लो अन्तरिम आदेशको भोलिपल्टै रकम निकासाको अनुमति दिएको थियो। तर सर्वोच्चले आफ्नो अन्तरिम आदेश सच्याउँदै उनको मुक्तिश्री सिमेन्टमा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते दिएको अर्को आदेश भने अझै कार्यान्वयन भएको छैन।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सुमार्गीले रकम सारिसकेका अन्य बैंकलाई फित्र्याउन पत्राचार गरेको मात्र जानकारी दिए। सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर (करिब ८४ करोड रुपैयाँ) मध्ये १० करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, २५ करोड रुपैयाँ नेपाल बंगलादेश बैंक र २० करोड प्राइम कमर्सियल बैंकमा सारेका थिए। बाँकी रकम इन्भेस्टमेन्ट बैंकमै छ। चार बैंकमा रहेको यो रकममध्ये उनले केही ऋण भुक्तानीका लागि प्रयोग गरिसकेका छन्।
‘सर्वोच्चको आदेशअनुसार पैसा पूर्ववत् अवस्थामा राख्नका लागि यी तीन बैंकलाई निर्देशन दिएका हौं,’ पौडेलले भने, ‘अब ती बैंकहरूले पैसा फिर्ता गर्नुपर्छ।’ कान्तिपुर दैनिकमा खबर छ ।