१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशन बस्ने थापा पूर्वसशस्त्र समूहका



अ+ अ-

जनकपुर — पहिलो संविधानसभाबाट संविधान निर्माण अनिश्चितसँगै बढेको राजनीतिक उथलपुथलले देशैभरि जातीय र आपराधिक समूह सलबलाए । ‘जनप्रतिनिधिको जनतासँग विश्वास गुमेको’ भन्दै ०६७ जेठ २३ गते जनकपुरमा नयाँ सशस्त्र समूहको गठन गरियो ।

मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिविधि मच्चाउने संगठनको महासचिव र प्रवक्ता बने, विजय थापा अर्थात् शिवा ।ओखलढुंगाको सिसनरी ४ का थापा त्यही व्यक्ति हुन्, जसले चिकित्सा शिक्षामा सुधारको माग गर्दै १६औं अनशन थालेका डा. गोविन्द केसीको विरोधमा इलाममै पुगेर अनशन बसे ।
डा. केसीको विरोधमा अनशन बसेपछि एकाएक चर्चामा आएका थापाको आपराधिक पृष्ठिभूमि पनि उदांगिएको छ । तराई–मधेसमा सशस्त्र समूहको हिंसात्मक गतिविधि तीव्र बनेका बेला २०६७ जेठ २३ को राति जनकपुरमा संयुक्त क्रान्तिकारी मुक्ति मोर्चा नामको अर्को सशस्त्र समूह थपियो । कमान्डर बलवीर सिंह, महासचिव थापा र सैन्यप्रमुख वीरेन्द्र सदा तोकिए । सशस्त्र समूह गठन गर्ने बैठकमै थापा रसदा हतियार बोकेरै आएका थिए । सिरहाको मिर्चैया फर्किन ढल्केबरकोपानीट्यांकीमा बस कुरिरहेका दुवैलाई प्रहरीलेनियन्त्रणमा लियो ।
थापामाथि तलासी गर्दा रिभलवर १ थान, गोली र सशस्त्र समूहको दस्तावेज फेला पर्‍यो । उनीसँगै रहेका सादाको साथबाट प्रहरीले ९ एमएमको थप गोली बरामद गर्‍यो । थापासँग भएको दस्तावेजमा मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिविधि गर्ने र त्यसको जिम्मेवारी पनि तोकिएको थियो । सिरहा, सप्तरी, धनुषा, महोत्तरी र पहाडको उदयपुर तथा सिन्धुलीमा हिंसात्मक गतिविधि चर्काउने योजना बुन्दै संगठनले थापालाई त्यसको नेतृत्व सम्हाल्न उदयपुर र सिन्धुलीको इन्चार्ज तोके । थापाले आफ्नो आधार इलाकाको सदरमुकाममा कम्तीमा ३ स्थानमा बम विस्फोट गरी युद्धको उद्घोष गर्ने रणनीति बनाए । (कान्तिपुरमा खबर छ)