१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएल ‘इन्काउन्टर’ प्रकरण : प्रहरी भन्छन् अपराधी हो, नेता भन्छन् कुखुरा व्यवसायी हो



अ+ अ-

काठमाडौं । मंगलबार काठमाडौँको गोंगबुमा प्रहरीले हतियार कारोबारी भन्दै गोली प्रहार गरेका व्यक्ति वाईसीएल नेता भएको खुलेको छ ।

काभ्रे घर भई काठमाडौँ बस्दै आएका उनिलाई मंगलबार दिउँसै गोली हानेर अभिलाश तामाङलाई पक्राउ गरिएको थियो ।

प्रहरीले गोली हानेर घाईते बनाएका तामाङ प्रहरीको अनुसन्धान गर्दा उनी वाईसीएल काभ्रेका इन्चार्ज भएको खुलेको हो ।
तामाङलाई गोंगबुस्थित होटल नक प्रा.लिको १०४ नम्बर कोठाभित्र महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

तर, गोली लागेर घाईते भएका तमाङको हालसम्म कुनैआपराधिक पृष्ठभूमि छैन् । प्रहरीले घटनास्थलबाट हतियार बरामद भएको दाबी गरेपनि त्यसमा सत्या छ की छैन संकाको कुरा बनेको छ ।

प्रहरीका अनुसार तामाङले सुन लुट्ने उद्देश्यले हतियार राखेको भिडियो बयान रहेको भनेपनि उनले काहाँबाट कति सुन लुटे भन्ने कुराको प्रहरीले स्रोत खुलाएको छैन् ।

प्रहरीको यो दाबीसँग नेकपा काभ्रेका नेताहरुले सहमत देखिएका छैनन् । उनीहरुले लामा कुखुरा पालन व्यवसायमा भएको दाबी गरेका छन् ।