२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोरम सहित बिभिन्न पार्टिका ४ सय नेता कांग्रेसमा प्रबेश, उपेन्द्र यादब ओलीको पुच्छार रहेको आरोप



अ+ अ-

काठमाण्डौ । मंगलबार क्षेत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय सभापति सहित केहि नेताहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

प्रबेश हुनेमा फोरमका सभापति तथा अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना कांग्रेसमा प्रबेश गरेका हुन् ।

नेपाली कांग्रेस मुश्लीम संघ बाँकेको क्षेत्र नं १ नरैनापुरमा क्षेत्रीय आमसभामा बोल्दै केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले लोकतन्त्रको रक्षार्थ र जनताको हक अधिकारको सरक्षाका लागि नेपाली काँग्रेसलाई बलिायो बनाउन सबै मुश्लिमहरु एक जुट भएर अगाडि बढ्नुपर्ने समय आएको बताएका थिए ।

त्यस्तै नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले मुस्लिमहरूको हक र अघिकार सुनिश्चत गर्ने नेपाली कांग्रेस नै मुस्लिमहरूको लागि उत्तम पार्टी भएको, नेपालकै इतिहासमा पहिलो पटक समावेश संविधान जारी भएको भन्दै मुस्लिमहरूको हक र अघिकार पार्टीमा काँग्रेसले सुनिश्चत गरेको विचार ब्यक्त गरे।

यस्तै राप्रपाका रामानन्द शर्मा पनि कांग्रेसमा प्रवेश गरेका छन् । उनी नरैनापुर गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनेका थिए ।

पछिल्लो समयमा नेकपा नेतृत्वको ओली सरकारले नेपाल र नेपाली जनताका समस्या समाधान गर्ने भन्दा ठूला कुरामात्र गर्दै हिडेको भन्दै काँग्रेस नै मुलुकलाई निकास दिन नसक्ने बताएका हुन् ।

उनीहरुले उपेन्द्र यादब केपी शर्मा ओलीको पुच्छार रहेको र मधेशलाई धोका दिएको आरोप समेत लगाएका थिए ।