२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बमजन प्रकरणमा हेरेर बसेको छैन, प्रहरीहरु खटाएको छु : प्रहरी प्रवक्ता



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले तपस्वी रामबहादुर बमजन प्रकरणबारे प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत अनुशन्धान गरिरहेको जानकारी दिएका छन्

उनले भने,‘मकवानपुर, सर्लाही, नुवाकोट, बारामा निवेदनहरु परेको छ । पाँच जना मान्छेहरु बेपत्ता भएको सम्बन्धमा । यसमा मिडियाबाटपनि हामीलाई सहयोग भएको छ । सेतोपाटीमा कुराहरु आएको थियो, त्यसलाई पनि हामीले आधार बनाएका छौं । प्रहरीले अहिले अनुशन्धान गरिरहेको छ ।’

यो प्रकरणमा अनुशन्धान गर्न मिडियाले सहयोग गरेको उनको भनाई छ । उनले भने,‘म मिडियाहरुलाई धन्यवाद दिन चाहन्छु । मिडियामा अनुशन्धानलाई प्रभाव पार्ने कुरा त्यस्तो केही पनि आएको छैन । बरु सहयोग भएको छ।’

यो प्रकरणमा अनुशन्धानको घेरा अझै केही समय विस्तृत भएर जाने देखिएको पनि उनले जनाए । उनले भने,‘अनुशन्धान गरिरहेको भएर केही समय लाग्छ, तर तथ्य बाहिर आउँछ।’