१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईद्धारा नेपाल तीन विकेटले पराजित, ज्ञानेन्द्र शून्यमै आउट



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो ।

नेपालले दिएको ११३ रन पछ्याउने क्रममा युएईले ३२.१ ओभरमा सात विकेट गुमाउदै लक्ष पुरा गर्या । उसले ३२.५ ओभरमा ११६ रन बनाएको थियो । युएईका लागि गुलाम सबरले ३० रन बनाउदा अरु सस्तैमा समेटिए पनि नेपालले जित्न सकेन ।

युएईलाई रोक्ने क्रममा कप्तान पारस खड्का,सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिएका थिए ।

यता नेपालको लागि भने सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए । ललितनारायण राजवंशी दुई रनमा अविजीत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान तीन/तीन विकेट लिएका थिए ।



नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपालले दोस्रो एक दिवसीय खेल शनिबार खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एक दिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एक दिवसीय सिरिज खेल्न युएई पुगेको हो । एक दिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेलेको हो ।

यसअघि नेदरल्याण्डसँग नेपालले पहिलो एक दिवसीय सिरिज खेलमा पराजित भए पनि दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो ।

नेपालका पारस खड्का तथा युएईका मोहम्मद नाभिदको कप्तानीमा खेल भएको थियो । नियमित कप्तान रोहन मुस्ताफासहित तीन खेलाडी प्रतिबन्धमा रहेका कारण युएईको नेतृत्व फास्ट बलर नाभिदले गरेका थिए । नेपालले युएईसँग तीन टि–२० सिरिज पनि खेल्नेछ ।