२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा भिडियो कन्फरेन्स, कारागारमा चौकीदार र नाइके हेरफेर गरिने



अ+ अ-

पोखरा । पोखरा सहित १४ जिल्लामा न्यायाधीशले सोधेका प्रश्नको जवाफ कैदीबन्दीले कारागारबाटै दिने गरी भिडियो कन्फरेन्सको व्यवस्था गरिने भएको छ।

सामन्य प्रकृतिको मुद्धामा धेरै समय नलागोस भनेर अब यस्तो नयाँ किसिमको ब्यबस्था परिक्षण गर्न लागिएको हो । जटिल प्रकृतिका मुद्दामा भने कैदीबन्दीलाई अदालत लगिनेछ। सुरक्षाकर्मी दिनभर मुद्दाका विषयमा कैदीबन्दीलाई कुरेर अदालतमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो ब्यबस्था लाईएको कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बताए ।

उनका अनुसार अब यो सेवा काठमाडौं, कास्की, चितवनलगायत १४ जिल्लामा यही वर्ष सुरु गरिनेछ।

सबै कारागारमा सीसी क्यामेरा जडान गरिने र अब आन्तरिक प्रशासन सुधारअन्तर्गत कारागारका चौकीदार, नाइके हेरफेर गर्ने व्यवस्था पनि गरिएको उनले बताए।

एक वर्ष बसेका कैदीबन्दी चौकीदार नाइके हुन सक्ने व्यवस्था गरिएको हो। यसअघि एकै व्यक्ति लामो समय चौकीदार र नाइके हुँदा विकृति बढेको निष्कर्ष गृह मन्त्रालयले निकालेको छ ।