१९ माघ २०८१, शनिबार
,
Latest
राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल निर्वाचन समितिलाई पूर्णता दिनुस्- उपसभापति निधि (भिडियो सहित)



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नु भएको छ । 
उपसभापति निधिले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गर्नु भएको हो ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसनमा बसेका काँग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेटन पुग्नु भएका उहाँले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई बैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी समेत दिनु भयो ।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी समेत घोषणा गर्नु भएका उहाँले आफूसँग परामर्श समेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाउनु भयो । उपसभापति निधिले भन्नु भयो, ‘महादेवजीले राजीनामा दिनुभन्दा पहिले म सँग सल्लाह गरि दिएको भएपनि हुन्थ्यो । उहाँले राजीनामा गर्न पनि हतार गर्नु भएको छ । उहाँको राजीनामा स्वीकृत गर्न पनि हतारमै भएजस्तो लाग्छ मलाई । म सभापतिजीलाई भेटेरै भन्छु–प्रदेश अधिवेशन, महाधिवेशनलगायतका कामहरु धेरै गर्नुछ । तत्काल निर्वाचन समितिलाई पूर्णता दिनुस् । विधानमा निर्वाचन समिति पाँच सदस्यीय छ । हाल ४ सदस्यले गरेको निर्णय मान्न सकिदैन ।’

उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।