२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम राष्ट्र युएईमा पोप फ्रान्सिसको ऐतिहासिक भ्रमण



अ+ अ-

फाईल फोटो

अबुधाबी । अरब मुस्लिम राष्ट्र युनाइटेड अरब इमिरेट्सको अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ । रङ्गशाला भित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला हुने अपेक्षा गरिएको छ ।

जायाद स्पोर्ट्स सीटी रङ्गशालामा प्रवेश गर्नुहुँदा पोप फ्रान्सिसलाई त्यहाँ उपस्थित ठूलो जनसमूहले भ्याटिकनका झण्डा र ब्यानरले स्वागत गरेका थिए । उहाँ रङ्गशालामा प्रवेश गर्दा मोटरमा सवार हुनुहुन्थ्यो ।

युनाइटेड अरब इमिरेट्सको छिमेकी मुलुक साउदी अरेबिया हो । साउदी अरेबिया इस्लाम धर्मको जन्मस्थल पनि हो । तर ठूलो छिमेकी मुलुक साउदीमा गैर–मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्न समेत प्रतिबन्धित गरिएको छ । अबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ । सबै धर्मप्रति युएई उदार मानिएको छ ।

फ्रान्सिसले मङ्गलबार नै युएईको तीनदिने भ्रमण पनि समाप्त गर्दै हुनुहुन्छ । पोपमा नियुक्त भएसँगै पोप फ्रान्सिसले इसाई धर्मका कट्टर विरोधी मुस्लिम विश्वमा समेत भाइचारा सम्बन्ध विस्तार गर्नुभएको छ ।

रङ्गशालामा करिब ५० हजार क्याथोलिक समुदायका व्यक्तिहरुले पोप फ्रान्सिसलाई स्वागत गरेका थिए । उक्त समारोहमा केही यमनका इसाई धर्मावलम्बी पनि सहभागी थिए ।