७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा क्रिकेट खेल्न आउने विदेशी खेलाडिले श्रम स्वीकृति लिनुपर्ने



अ+ अ-

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने नियम बनाएको छ ।

मन्त्रालयले आज राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुने हरेक खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन पत्र काढ्ेको हो ।

पत्रमा ‘नेपालमा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरुमा नेपाली क्लबका तर्फबाट खेल खेल्न आउने विदेशी खेलाडीहरुले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसार अनिवार्य रुपमा श्रम इजाजत लिएर मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउने व्यवस्था मिलाउन’ भनिएको छ ।

मन्त्रालयले विदेशी खेलाडी सहभागी गराई क्रिकेट लिग खेलाउने संस्थाहरुको नाम र ठेगाना तथा त्यस्ता खेलमा भाग लिने क्लबहरुको नाम ठेगानासमेत माग गरेको छ ।