१८ माघ २०८१, शुक्रबार
,
Latest
अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छः खानेपानीमन्त्री यादव अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई सरकारले विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्योः नारायणकाजी श्रेष्ठ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक अर्थसमितिबाट फिर्ता संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः देउवा सरकारले ल्याएको अध्यादेश संविधान र कानूनसम्मत छः अर्थमन्त्री पौडेल ‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएः चिरीबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्षदेखि एनसेलले कर छलेको खुलासा



अ+ अ-

काठमाडौं । निजी स्तरको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले झन्डै १७ वर्षदेखि कर छल्दै आएको पाइएको छ ।
७ असार २०५८ मा मेरो मोबाइल नामबाट परिचित एनसेलले सेयर बिक्रीको नाममा कर छल्दै आएको थियो । एनसेलको कर छल्ने शृंङखला १७ वर्षमा १२ पटकसम्म चल्यो । तीन वर्षअघिदेखि एनसेलले आफ्नो सेयर बिक्रीमा लाभकर नतिरेपछि विवादमा मुछिएको हो । आजको राजधानी समाचार छ ।
लाभकर कसले तिर्ने सेयर बेच्ने कम्पनी कि खरिद गर्नेले भन्ने विषयमा विवाद भएपछि अर्बौं रुपैयाँ कर राजस्व खातामा दाखिला हुन सकेको थिएन । कर विवादको मुद्दा सर्वोच्चसम्म पुगेपछि बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले परमादेश जारी गरेसँगै एनसेल र अजिएटाबाट कर असुली गर्ने बाटो खुला गरेको छ ।
सर्वोच्चको उक्त फैसलापछि अब एनसेल र अजिएटा कम्पनीले हालसम्म सावाँ ब्याज गरेर ७३ अर्बभन्दा बढी कर तिर्नुपर्ने भएको छ । एनसेल बिक्री प्रकरणमा ठूला करदाता कार्यालयले १ खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ ।

कार्यालयले टेलियासोनेराका नाममा ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिमाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी १३ असार २०७४ मा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । तर, सर्वोच्च अदालतले टेलियासँग नभई एनसेल र त्यसमा हित राख्ने अजिएटासँग लाभकर उठाउन आदेश दिएपछि अब करको गणना नै फरक ढंगबाट गर्नुपर्ने हुन्छ । सर्वोच्चको आदेशानुसार अब ठूला करदाताले निर्धारण गरेका करका आधारमा यसअघि एनसेलले दुई किस्तामा भुक्तानी गरेको रकमलाई घटाएर बाँकी कर चुक्ता गर्नुपर्छ ।