१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका पूर्वमन्त्री कुटिए, मन्त्री घाइते



अ+ अ-

रकुम पूर्व । नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री आफ्नैं गृहजिल्लामा कुटिएका छन् । पुर्वमन्त्री केशरमान रोका सहित ४ जनामाथि कुटपिट गरिएको हो ।

रोकासँगै गएका नेकपाका नेता सतमान पुन मगर, पुनिराज घर्ती मगर र नेपाली कांग्रेसका नेता ध्रुवकुमार पुनमगर माथि रुकुमकोटमा आन्दोलनकारीले कुटपिट गरेका हुन् । आन्दोलनकारीहरुले रुकुमकोट प्रवेश गर्नु पहिल्यै रानीकोट भन्ने ठाउँमा आफूहरूमाथि कुटपिट गरेको रोकाले जनाए ।

रोकाले भने, ‘गाडी रोक्न बसेका मान्छेहरु देखेर हामीले गाडि फर्काएर हिँडेर जाँदै गर्दासमेत लछारपछार पारियो’ उनले अगाडी थप्दैं भने, ‘फेरि रुकुमकोट पुग्न लाग्दा मोटरसाइकलको हेलमेट र लात्तिले प्रहार गरियो ।’

कुटपिटबाट रोकाको गर्दनको भागमा चोट लागेको र कानमा समस्या आएको छ । नेकपाका नेता सतमान पुनले आफूहरूमाथि सांघातिक हमला गरी रानिकोटबाट रुकमुकोटसम्म कुटपिट गर्दै लगिएको जनाए ।

रुकुमकोट सदरमुकाम आन्दोलन संर्घष समितिले भने उनीहरु रुकुमकोटमै बसेर वार्ता गरौं भन्दा नमानेर गोलखाडा जान खोजेपछि झडप भएको जनाइएको छ ।