१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती हमलामा सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध, एमएफएन खोसियो



अ+ अ-

नयाँ दिल्ली । जम्मु–कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ ।

भारतले आफ्ना सुरक्षाकर्मी मारिएपछि पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशन (एमएफएन) को दर्जा पनि फिर्ता लिएको छ । शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) ले उक्त निर्णय गरेका हो ।

एमएफएन अर्थात् मोस्‍ट फेवर्ड नेशनको दर्जा खोसिएपछि अब पाकिस्तानलाई अधिक आयात कोटा र कम व्यापारिक कर नमिल्ने भएको छ।

हमलापछि भारत–पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ ।