१५ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली नेतृत्वको सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ : महत



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’ भएको आरोप लगाएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता महतले एक वर्षमा सरकारले जनतालाई पूरै निराश बनाएको आरोप लगाएका हुन्। ‘सरकार कुनै पनि मोर्चामा सफल भएको छैन्’, उनले भने, ‘एक वर्षको समीक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा देखिएको छ।’

उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए। ‘सुशासनको त कुरै नगरौं। सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो। चिनीकाण्ड त्यस्तै। वाइडबडीकाण्ड अब अख्तियारले हेर्ने भनिएको छ’, उनले भने, ‘यी सबै विषयलाई हामी सूक्षम रुपमा हेरिरहेका छौँ ।’

महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भीर आरोप उनको छ। ‘समृद्धि त अहिले सत्तामा बस्नेका लागि मात्रै आएको होला’, उनले भने, ‘जनताले अहिलेसम्म समृद्धिको कुनै अनभूती गर्न पाएका छैनन्।’