२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान खाली पेटमा तातो पानी पिउनुहोस् !, मिल्नेछन् यी फाइदा



अ+ अ-

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि । पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ ।

पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ । पानीविना जिवनको कल्पना गर्न पनि सकिँदैन । पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । अझ मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका फाइदा यी हुन्ः

· दुषित पानी पिउनाले पेट सम्बन्धी विभिन्न रोग लाग्दछ । तर यदि पानीलाई उमालेर त्यसलाई सेलाउँदैै मनतातो बनाएर पिउनाले झाडापखाला, आउँ जस्ता अनेक रोगबाट बँचिन्छ ।

· यदि तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।

· दिनहुँ बिहान मनतातो पानी पिउनाले सरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

· बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

· रुघाखोकी लागेको बेला पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्दछ ।

· यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस् । चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र सरीरको वजन कम गर्न पनि सहयोग गर्दछ ।

· बिहान खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउनाले सरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र सरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।

· यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी बसाल्नुस् । यसले तपाइँको दिनमा ताजगी भर्दछ । मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।




भर्खरै