३० आश्विन २०८१, बुधबार
,
Latest
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि… स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो भीरमा फालेर छ वर्षीय छोराको हत्या विपद्को जोखिम न्युनिकरण गर्ने बलियो पूर्वाधार निर्माण आवश्यक छः पूर्वाधारविद् थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमुना सडक कोटेश्वर–कंलकी चक्रपथ, जोखिम हटाऊ



अ+ अ-

काठमाडौं । उपत्यकाभित्रको नमुना सडक बनेको छ कोटेश्वर–कंलकी चक्रपथ सडक । केन्द्रीय राजधानी काठमाडौंमा चीन सरकारको सहयोगमा बनेको यस सडकले विकासको नमुनाको प्रतिकको पनि काम गरेको छ । सडक चिटिक्क छ र फराकिलो पनि छ । सडक निर्माण त भयो तर सुरक्षा सतर्कता नअपनाउँदा रातको समयमा सवारीचालक र सर्वसाधारण यात्रु जोखिम मोलेर हिँड्न बाध्य भएका छन् । सडक सफा र सुन्दर छ तर निर्माणकै क्रममा सरकारले पर्याप्त ध्यान नदिँदा जोखिम पनि उत्तिकै बढेको छ । सडक पार गर्नका लागि ठाउँ–ठाउँमा हुनुपर्ने आकाशे पुल निकै लामो दूरीमा रहेको छ ।

यसको कारण सर्वसाधारण यात्रुहरु आवतजावत गर्न आकाशे पुलभन्दा पनि जोखिम मोलेरै सडकबाट हिँड्ने गरेका छन् । सडक फराकिलो भएसँगै सवारीसाधन पनि तीव्र गतिमा गुड्ने गरेका छन् ।

कलंकी–कोटेश्वर सडक आठ लेनको बनेको छ तर यसमा साइकल लेन छैन । यतिसम्म कि तीव्र गतिमा सवारीसाधन गुड्ने सडकमा बीच भागमा कुनै तारबार लगाइएको छैन । सर्वसाधारण यात्रुहरुले जहाँ पायो त्यहीँबाट सडक पार गर्नाले दुर्घटना पनि बढ्दै गएको छ । सडक निर्माणकै क्रममा अपनाउनुपर्ने सावधानी अपनाउन नसक्दा सडकमा जोखिम बढेकोतर्फ सडक विभागको ध्यान जान जरुरी छ । सडक निर्माण भएर सञ्चालनमा आउँदासमेत सडकको दायाँ–बायाँ अहिलेसम्म सडक बत्ती राखिएका छैनन् ।

ट्राफिक लाइटहरु पनि राखिएका छैनन् । रातिको समयमा सडक बत्ती नहुँदा यात्रुहरुलाई कहाँ कतिखेर ज्यान जाने हो भन्ने चिन्तासमेत थपिएको छ । पर्याप्तरुपमा आकाशे पुल निर्माणमा पनि सरकारले ध्यान दिन सकेको छैन ।
सडक निर्माण हुनु सकारात्मक पक्ष हो । तर बेलैमा सुरक्षा सतर्कता नअपनाउँदा पाइलैपिच्छे जोखिम पनि बढेको छ । सरकारले यात्रुहरुको दैनिकीसँग जोडिएको सडकलाई सुरक्षित बनाउन ध्यान दिनै पर्छ । दुर्घटना भएपछिको व्यवस्थापनभन्दा दुर्घटना नै हुन नदिनु महत्वपूर्ण कुरा हो ।

पहिले नै सचेत भएमा मानवीय क्षति हुनबाट रोक्न सकिन्छ । दुर्घटनाको कारणबाट पछुताउनुभन्दा दुर्घटना न्यूनीकरण गर्नतिर विशेष योजनासहित सडक निर्माणको क्रममा भएको त्रुटि सच्याउन ढिला गर्नुहुँदैन । सडकमा रहेको जोखिम हटाउन सरकारले समयमा नै ध्यान दिन जरुरी छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।