२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटापक्षले ५० हजार नगद दाइजो माग गर्दा १८ वर्षीया छोरीले गरिन आत्महत्या



अ+ अ-

पर्सा । पर्सामा केटा पक्षबाट अत्याधिक दाइजोको माग हुँदा एक युवतिले आत्महत्या गरेकी छिन् । प्रहरीका अनुसार आत्महत्या गर्ने पर्साको जिराभवानी गाउँपालिका–३ सेढवाकी १८ वर्षीया लालसाकुमारी बिन रहेकी छिन् ।

अभिभावकका अनुसार बेहुला पक्षले एउटा मोटरसाइकलसहित ५० हजार नगद मागेपछि दुई महिनाअघि मात्र उनको टीकाटालो रद्द भएको थियो । दोस्रो पटक पनि दाइजोको माग आएपछि बिनले आत्म हत्या गरेकी हुन् ।

बिनको पहिलो पटक छिमेकी निचुटा गाउँका एक युवकसँग टीकाटालो भएको थियो । केटापक्षले ५० हजार नगद मागेको र दिननसक्ने भएपछि आत्महत्या गरेको परिवारले जनाएको छ ।

स्थानीयका अनुसार शनिबार राति आफ्ना पिताले केटा पक्षबाट दाइजो मागेको भनेर परिवारलाई सुनाएका थिए, त्यो कुरा लालसाले पनि सुनेपछि दाइजो दिनसक्ने हैसियत परिवारमा नभएको कारण आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

बिनको शव सद्गत गर्न लाग्दा आइतबार मध्याह्न प्रहरीले स्थानीय चन्द्रावती खोलाबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी अनन्तराम शर्माका अनुसार किशोरीको स्वाभाविक मृत्यु नभई आत्महत्या भएको सूचना आएपछि प्रहरी टोली आर्यघाट पुगेको हो ।

‘लालसाको घाँटीमा डोरीको चिह्नसमेत देखिएको सूचना स्थानीयले दिएपछि प्रहरीले यो कदम चालेको हो,’ उनले भने ।

किशोरीका आफन्तहरू शव पोस्टमार्टमका लागि वीरगन्ज आएका छन् ।