८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने ?, भारतसँग खुलेर बोल्नुस् : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीअनुसार नेपालले पानी पाउनुपर्ने बताएका छन् । उनले राष्ट्रिय हित नछाड्न निर्देशन समेत दिएका छन् ।

पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना कार्यान्वयनबारे जल तथा उर्जा आयोगको सचिवालयको विफ्रिङमा प्रधानमन्त्री ओलीले भने ‘सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहँदैन । त्यसै देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्नुपर्छ ।’

२३ बर्ष अघि भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रति सेकेण्ड (३५) क्यूसेक पानी हालसम्म नपाएको भन्दै उनले यस बिषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबारदेखि काठमाडैँमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरुलाई खुलेर कुरा गर्न निर्देशन दिए ।

बैठकमा उर्जा मन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई लागयतको सहभागिता थियो ।

महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौता भएपनि कार्यान्वयन भएको छैन् ।