१५ भाद्र २०८३, सोमबार
,
Latest
सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिलालेखमा नाम नसच्याएको भन्दै क्याम्पस प्रमुखलाई तीन घण्टा थुने



अ+ अ-

स्याङ्जा । गल्याङ क्याम्पस प्रमुख मंगलबार कार्यालयमै तीन घण्टा थुनिएका छन् । क्याम्पस हाताभित्र रहेको खानेपानीको धारामाथि टाँसिएको शिलालेखमा नाम नसच्याएको भन्दै नेपाल विद्यार्थी संघल क्याम्पस प्रमुख बालकृष्ण चापागाईंलाई कार्यालयमै तीन घण्टा थुनेका हुन् ।

माघ २२ गते टाँसिएको गल्याङ् नगरपालिकाको सहयोगमा गल्याङ बहुमुखी क्याम्पसमा निर्मित खानेपानीको धारामाथिको शिलालेखमा अनेरास्ववियुद्वारा निर्मित भनी लेखिएपछि नेविसंघले नाम सच्चाउन आग्रह गरेको थियो ।

क्याम्पस प्रशासन र गल्याङ् नगरपालिकामा समेत पटक–पटक जानकारी गराउँदा दुबै पक्षले गलत भनी स्वीकार गर्ने तर शिलालेखमा लेखिएका वाक्यांश सच्चाउन नचाहेका कारण क्याम्पस प्रमुखलाई थुन्न बाध्य भएको इकाई सभापति छविलाल भूसालले बताए ।