८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेले ‘गलत कुरा गरेको छैन’: अध्यक्ष कोअ पिङ



अ+ अ-

बार्सिलोना । हुवावेले कुनै गलत काम नगरेको चिनियाँ प्रसिद्ध टेलिकम कम्पनीका अध्यक्ष कोअ पिङले बार्सिलोनामा भएको मोबाइल वर्ड कङ्ग्रेसमा मङ्गलबार बताउनुभएको छ ।

साइबर सुरक्षाबारे छलफलका लागि गरिएको बहसमा उहाँले भन्नुभयो, “हुवावेमाथि अनर्गलरूपमा आरोप लगाइएको र यसबाट कम्पनीको ख्यातिमा समस्या आएकोे छ ।” साइबर सुरक्षाबारे अमेरिका लगाएतका कतिपय मुलुकले कम्पनीमाथि फाइभ–जी प्रबिधिको सञ्जाल निर्माणमा आशङ्का व्यक्त गरेर पश्चिमी मुलुकहरूमा अफबाह फैलाएको भन्ने चिनियाँ अधिकारीहरूले दावी गर्दै आएका छन् ।

फाइभ–जी तथा अत्यधिक–उच्च गतिको सम्पर्क क्षमता राख्ने हुवावेका प्रबिधिका कारण इन्टरनेट, डिजिटल अर्थतन्त्र, आधुनिक कारमा यसको प्रयोगका लागि कतिपय मुलुकहरूले उत्सुकता देखाइरहेका समय आएका साइबर सुरक्षाबारेका चेतावनीका कारण हुवावेका फाइभ–जी सेवा जोड्न आनाकानी भइरहेको छ ।

एमडब्लुसी २०१९ मा बोल्नुहुँदै कुओ पिङले सुरक्षा खतराबारेका डरलाई साम्य गर्ने प्रयासमा उहाँले भन्नुभयो, “हामी सबैले विश्वास गर्ने प्रणालीको निर्माण गर्न हामीबीच सहकार्यको खाँचो छ । संगठित मापदण्ड र प्रष्ट नियमको आवश्यकता छ ।”

“हामीले गर्वसाथ भन्न सक्छौँ कि फाइभ–जी फोर–जी प्रबिधिभन्दा सुरक्षित छ । हुवावेले अमेरिकी सरकारले भनेजस्ता कुनै बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको उल्लङ्घन पनि नगरेको र कुनै जासुसी कार्यमा पनि सम्लग्न नभएको उहाँले बताउनुभयो । एउटा कम्पनी भएको नाताले उसले व्यवसायिक मुल्यमान्यतालाई सधँ आत्मसात गर्ने उहाँको दावी थियो ।