८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी सेनाले दुई भारतीय विमान खसाल्यो, एक पाइलट पक्राउ



अ+ अ-

काठमाडौँ । पाकिस्तानी सेनाले भारतीय वायुसेनाको दुर्इवटा विमान खसालेको दाबी गरेको छ । साथै एक पाइलट पक्राउ परेको उसले बताएको छ । यद्यपि उसको स्वतन्त्र पुष्टि भएको छैन ।

भारत र पाकिस्तानबीचको तनाबको यो समयबीच २० दिनमा भारतमा ५ विमान दुर्घटना भएको छ । बुधबारपनि जम्मू कश्मीरको बडगाममा भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटना परेका छ ।

श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै दुर्घटनामा परेको हो । उडे लगत्तै विमान तल खसेको र खस्दा खस्दै ठूलो आवाजमा पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।

विमानमा रहेका अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ ।