१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको हो ।

उक्त जिल्लाको अधिवेशन १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रमस्थगत गरिएको छ,’ जानकारी गराएको छ ।