२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीपछि प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, के भने त ?



अ+ अ-

घोराही । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधवार हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री अभिकारीकोनिवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।

प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए ।