२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीपछि प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, के भने त ?



अ+ अ-

घोराही । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधवार हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री अभिकारीकोनिवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।

प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए ।