२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकेटार विमानस्थलमा बाक्लो हिमपात, मन्त्री अधिकारीसहित सात जनाको शव काठमाडौँ लैजान सकिएन



अ+ अ-

ताप्लेजुङ । सुकेटार विमानस्थलमा बाक्लो हिमपात कारण मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौँ लैजान सकिएको छैन् । बुधवार नै दुर्घटना ज्यान गुमाएकाहरु मध्य चार जनाको शव संकलन गरिएको थियो । बाँकी तीनको भने आज शव संकलन गरिएको हो ।

शव लैजानको लागि नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर बुधवार नै ताप्लेजुङ आइपुगेको थियो । सेनाले सातै जनाको शव संकलन गरेर बिहीवार बिहान नै घटनास्थल तारेभीर क्षेत्रबाट सुकेटार विमानस्थलमा ल्याएपनि काठमाडौँ लैजान सकिएको छैन् ।

गृहमन्त्रालयका अनुसार ,विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, स्वकीय सचिव युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र नागरीक उड्यन प्राधिकरणका निर्देशक घुर्व भोछिभोया सवार रहेका थिए। विमानमा सवार सातजनाको निधन भएको थियो। दुर्घटनामा परेपछि जलेकामध्ये दुईजनाको मात्रै शव चिनिने अवस्थामा छ ।

खराब मौसम र भिरमा भएको दुर्घटनाका कारण तीनजनाको शव बिहीबार बिहान मात्रै सुकेटार विमानस्थलमा ल्याउन सकिएको थियो।

सातैजनाको शव राखिएको सुकेटार विमानस्थलमा अहिले हिमपात भइरहेको छ । पानी र हिमपातका कारण शव काठमाडौँ लैजाने हेलिकोप्टर उड्न नसकेको हो ।