१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेहरुको शव काठमाडौँ लगियो, श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने



अ+ अ-

ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौँ पठाइएको छ । बाक्लो हिमपातका बाबजुद सबैको शव काठमाडौँ पठाइएको हो ।

बुधबार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव ल्याउन नसक्दा बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो।

शव काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पा, स्वकीय सचिव युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र नागरीक उड्यन प्राधिकरणका निर्देशक घुर्व भोछिभोयाको शव श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ।

मन्त्री अधिकारीको शव भने गृहजिल्ला कास्की लगिने छ।