२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीका लागि ६ देशसँग श्रम सम्झौताको तयारी, शून्य लागतमै कामदार पठाइने



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ६ देशसँग श्रम सम्झौताको तयारी गरेको छ । सरकारले श्रम सम्झौता गर्दा गन्तव्यमा पुग्न लाग्ने लागत, पारिश्रमिक र सामाजिक सुरक्षालाई केन्द्रबिन्दुमा राखेर सम्झौता गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेका अनुसार मौरिसस, यूएई, ओमन, साउदी अरब, जापान, कतारलगायतसँग श्रम सम्झौताको तयारी अघि बढेको छ । ‘ ‘केही देशसँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने केहीसँग छलफल सुरु भएको छ, अब छिटैनै अन्तिम रुप दिनेगरी हामी कार्य गर्दैछौ ।’

घिमिरेका अनुसार जापानसँग मार्च महिनाभित्रै सम्झौता गर्ने तयारी छ । अब कमदार पठाउदा शून्य लागतमै कामदार पठाउने गरी श्रम सम्झौता गर्न लागिएको छ ।

श्रम सम्झौताका लागि सरकारले मौरिससमा मस्यौदा पठाएको छ । मौरिसस गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशमा पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस इच्छुक देखिन्छ ।सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि सीमितमात्रै कामदार जान सकेका छन् । दक्षिण कोरियामा द्विपक्षीय सम्झौतामार्फत वार्षिक सात हजार कामदार कोरिया पुग्ने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी युवा विदेशमा छन् ।