८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गैरआवासीय नेपाली स्तब्ध’



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढ्नुभएको हेलिकप्टर दुर्घटनामा परेको र त्यसमा सवार सबैको निधन भएको खबरले गैरआवासीय नेपाली स्तब्ध भएको जनाएको छ ।

सङ्घले दिवङ्गत सबैको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । सङ्घले अधिकारीको निधनबाट मुलुकले एक असल राष्ट्रवादी र होनहार युवा नेता गुमाएको जनाएको छ ।

“नेपालको राजनीतिमा समाजसेवी तथा युवा नेताका रुपमा चिनिनुभएका अधिकारीसँगको एनआरएनएको गहिरो सम्बन्ध र सहकार्य रहेको थियो । पर्यटनमन्त्रीको पद सम्हालेपछि नेपालको पर्यटन प्रवद्र्धनमा लागि उहाँले गर्नुभएको पहल हाम्रा लागि चिरस्मरणीय रहनेछन्”, सङ्घका प्रवक्ता भूषण घिमिरेद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सङ्घले सोही घटनामा परी दिवगङ्त हुनुभएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक एवं नेपालका अग्रणी पर्यटन व्यवसायी आङछिरिङ शेर्पालगायत सबैको परिवारजनमा यस शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरेको छ ।

यसैबीच, नेपाल चेम्बर अफ कमर्शले पनि मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी शेर्पालगायतको दुर्घटनामा परी निधन भएकामा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।